‘प्रेमलीला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।“प्रेमलीला” को पोस्टरमा नायिका दिपशिखा खड्का एकल प्रस्तुत भएकी छिन् । उक्त पोस्टरमा दिपशिखाको मुण्डन गरिएको देख्न सकिन्छ ।चलचित्र “प्रेमलीला” मा दिपशिखा खड्का,अली खान, मौसम खड्का, प्रभावर शर्मा, रेखा शाह, सुरज तमु, टुविंकल श्रीवस्तभ आदि कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रमा संगीत हरी लम्साल, महेश खड्का, रविराज शाह र नविन कार्कीले दिएका छन् । रामजी लामिछाने र लोमश पौडेलले नृत्य गराएका छन् । नानी मैंया कार्की र फैजी फिल्मस द्वारा “प्रेमलीला” निर्माण भएको हो । चलचित्र माघ २५ मा प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्