Logo

मौसममा आएको परिवर्तन सँगै बिरामीको संख्या बढ्दै



Spread the love

१८ असोज बैतडी – बैतडी जिल्लामा मौसमी ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ । वर्षात्को समयमा दूषित पानी सेवनले जिल्ला अस्पतालमा हाल दैनिक एक सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ । नब्बे प्रतिशत बिरामीमा सफा पानी सेवन नगर्नाले समस्या देखिएको छ । वर्षात्को समयमा पानीका नयाँ मूलको पानी शुद्धीकरण नगरी पिउँदा यो समस्या आएको हो । उपचारका लागि आउनेमध्ये धेरैजसो ज्वरोका बिरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा विष्टले जानकारी दिएका छन् । मौसममा आएको परिवर्तनले रुघाखोकी, ज्वरो, झाडापखाला बिरामी बढेकाले खानपीनमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्