क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुर भ्रष्टाचारको आरोपमा पक्राउ परेकी छीन् । अर्बौ डलर भ्रष्टाचार गरेको आरोपमा उनलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो ।
रोसमाहका अधिवक्ता के कुमाराएन्ड्रानले उनी पक्राउ परेको पुष्टि गरेका समाचारमा जनाइएको छ । मलेसियाको भष्टाचार नियन्त्रण सम्बन्धी निकायले रोसमाहमाथि केही प्रश्न उठाएपछि उनी पक्राउ परेको बताइएको छ। उनका श्रीमान् तथा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई पनि भ्रष्टाचार र मुद्रा अपचलन लगायतको आरोप लागेको छ। (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस्