Logo

नेपाल ताजकिस्तानसँग २-० गोलअन्तरले पराजित



Spread the love

१७ असोज, काठमाडौं – बंगलादेशको सिलटमा मंगलबार राती भएको खेलमा बलियो टोली ताजकिस्तानले दुबै हाफमा नेपालविरुद्ध दुर्इ गोल गरको थियो २७ औं मिनेटमा नेपाली रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पाएको पेनाल्टीमा फाथ्खुल्लो फाथुएल्लोभले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । नेपाली डिफेन्स फितलो मूभमेन्टको फाईदा उठाउन ताजकिस्तानका खेलाडी भरपूर प्रयास सफल भएको थियो । यस्तै दोस्रो हाफको ७२ औं मिनेटमा ताजकिस्तानका तुरिनोभ कोमरोनले हेडरमार्फत गोल गर्दै ताजकिस्तानलाई २–० को जित दिलाएका हुन् । नेपालको रक्षापंक्तीनै फितलो रहेको र खेलाडीले उच्च मनोबलका साथ खेल्न नसकेका कारण हार बेहोर्नु परेको प्रशिक्षक को भनाई रहेको छ । नेपालले अब अक्टोबर ६ मा प्यालेस्टाइनसँग खेल्ने छ । बंगबन्धु गोल्डकपको पहिलो खेलमा साविक विजेता नेपाल ताजकिस्तानसँग २-० गोलअन्तरले पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्