Logo

निर्मला पन्तको बलात्कारपछि हत्या : कञ्चनपुरमा फेरि आन्दोलन



Spread the love

१७ असोज, काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे दुई महिना बित्न लाग्दासमेत दोषी पत्ता नलाग्दा पीडितले न्याय पाउनेमा शन्का उत्पन्न भएको छ।
यस्तै दोषी लगाउनुपर्ने र गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गर्दै कञ्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ ।

हत्यारा पत्ता लगाउन सरकार असफल भएको, प्रहरीले नै प्रमाण नष्ट गरेकाले उसलाई पनि कारवाही गरिनुपर्ने लगायतका माग राखेर कञ्चनपुरमा स्थानीयले आन्दोलन सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्