Logo

४५ लाखको गाँजासहित ट्याङ्कर चालक पक्राउ



Spread the love

१७ असोज, काठमाडौं- लागु औषध ब्युरोले बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, अम्लेखगञ्जका ३८ वर्षीय प्रल्हाद ठकुरीलाई पक्राउ गरेको छ । उनलाई ठूलो परिमाणमा अवैध लागूऔषध गाँजाको चिप्पडसहित पक्राउ गरिएको हो ।

ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार इन्धन बोक्ने ट्याङ्करमा २ सय ९५ किलो गाँजाको चिप्पड तस्करी गरिँदै गरेको सूचनाको अाधारमा खटिएको ब्यूरोको टोलीले मंगलबार बिहान ठकुरीलाई पक्राउ गरेको हो ।

ठकुरीले इन्धन ट्याङ्कर चलाऊदै आएका थिए । पोखरेलका अनुसार उनले त्यो गाँजा भारतको रक्सौलसम्म लाने जिम्मेवारी लिएका थिए ।

ट्याङ्करमा रहेको ५ वटा चेम्बर मध्ये २ वटा चेम्बरहरुमा प्लाष्टिकले बाँधेको २२ वटा पोकामा गाँजा भेटिएको उनको भनाइ छ । बरामद गाँजाको मूल्य अन्दाजी ४५ लाख बराबर रहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्