१६ असोज भक्तपुर – भक्तपुर महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका –३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोमबार सात जनालाई जुवाखालबाट रु एक लाख ३० हजारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीवन शाही, मदनकुमार राजवंशी, विवेक लामा, विक्रम तामाङ, सन्तोष श्रेष्ठ, बलबहादुर खत्री र सुकराम तामाङ रहेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्