Logo

आगामी मङ्सिरमा हुने भनियकाे आठौँ राष्ट्रिय खेलकूदकाे नयाँ मिति तय हुने



Spread the love

१६ असोज काठमाडौँ – राष्ट्रिय खेलकूद परिषद् (राखेप) को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको ककनीमा जारी रहेको छ । आगामी मङ्सिर २१ देखि २९ सम्म मध्यपश्चिममा गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण नसकिएका कारण खेल सार्नुपरेको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिएकाछन् । बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति तय गर्नुका साथै संशोधनको प्रक्रियामा रहेको राष्ट्रिय खेलकूद विकास ऐन २०४८ बारे छलफल हुने सदस्य सचिव विष्टले जानकारी दिएकाछन । परिषद्का अध्यक्ष तथा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा बोर्ड बैठक ककनीस्थित स्काउट हलमा जारी रहेको (राखेप) स्रोतले जनाएको छ । बैठक स्रोतका अनुसार आठौँ राष्ट्रिय खेलकूदको मिति करीब दुई महिना पर सार्ने विषयमा छलफल केन्द्रित छ र बैठक मङ्गलबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्