१६ असोज काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले टोलीले सोमबार एक लाख ४० हजार रूपैयाँ लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले सोमबार कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका थिए । अन्य चार जनाको भने खोजी भइरहेको प्रहरिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्