१५ असोज कैलाली – घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिकाको बलत्कार भएको छ । घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवन बस्ती नगरपालिका – ७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । अभियुक्त किरण विकलाई अनुसन्धानका लागि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख यक्षराज जोशीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्