१५ असोज, तुलसीपुर- प्रदेश नं. ५ मा सबैभन्दा बढी ६ सय ८४ वटा बेपता पारिएका उजुरी परेका छन । त्यस्तै आयोगका सहसचिब प्रेमकुमार श्रेष्ठका अनुसार देशभरबाट दुई हजार तीन सय ७० बेपताका उजुरी परेका छन् । यो वेपत्ता पारिएका ब्यक्तिहरुको लागि बनेको छानविन आयोगले तयार पारेको तथान्क हो ।
त्यस मध्य प्रदेश १ मा दुई सय ९७, प्रदेश २ मा एक सय ३७, प्रदेश ३ मा तीन सय ७६, गण्डकी प्रदेशमा एक सय ४७, प्रदेश नं. ५ मा ६ सय ८४ , कर्णली प्रदेशमा दुई सय ८०, सुदुरपश्चिम प्रदेशमा तीन सय ४९ वटा मुद्धा दर्ता भएको आयोगका सचिब श्रेष्ठले जानकारी दिए ।
हिजो दाङको तुल्सिपुरमा भएको एक अन्तरक्रिया कार्यक्रममा सातवटै प्रदेशबाट दुई हजार तीन सय ७० उजुरी परेको जानकारी उनले दिए । त्यस मध्ये एकहजार ८३ बेपता परिवारका उजुरी छानविन भईसकेको उनले बताए । बाँकी एक हजार चार सय ९७ मुद्धा एक महिनामा छानबिन गरी सकिने श्रेष्ठको भनाई छ ।