१५ असोज, काठमाडौं- सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साईटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी पोर्न सईटमाथि बन्देज लगाएको जनाएको छ ।
सुचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्युनीकरण गर्ने उदेश्यले यस्ता साइट पुर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो ।
मुलुकी अपराध संहिता ऐन २०७२ को दफा १२१ लार्य टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएको हो । उक्त दफामा उल्लेख भए अनुसार यौनजन्य अश्लील सामग्रीको अदानप्रदान प्रकाशन र प्रसारणमा बन्देज लगाईएको छ ।
प्रतिक्रिया दिनुहोस्