१५ असोज काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी दसैँ-तिहार तथा छठ पर्वको सुरक्षाका लागि ३ हजार ५ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ। दसैँ तिहारको मौका छोपी हुने चोरी,डकैती,अपहरण, हत्या, तथा लुटपाटका घटनालाई न्यूनीकरण गर्न व्यापक प्रहरी परिचालन गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए।
त्यसैगरी कुटपिट, पाकेटमार, जुवा, अबैध मदिरा विक्री वितरण, आगजनी, विष्फोटन, तस्करी, चोरी निकासी, ट्राफिक दुर्घटनालाई नियन्त्रण गर्न स्थानीय निकाय, ट्राफिक प्रहरीसँग समन्वय गरी अघि बढ्ने उनले बताए। मानिसहरूको बढी भीडभाड हुने स्थानहरू व्यापारिक केन्द्र, वित्तीय सस्था, बैंक तथा सुन पसलमा उच्च निगरानी राखिने उनले बताए। राजधानीका विभिन्न स्थानमा आकस्मिक चेकजाँच,मोटरसाइकल गस्ती लगायतका सुरक्षा जाँच गरिने प्रहरी योजना छ। त्यसैगरी काठमाडौं बाहिरिने नाका र बसपार्कमा २४ घण्टा तैनाथ राखिने व्यापक प्रहरी परिचालन गरिने एसएसपी लामाले बताए।
प्रतिक्रिया दिनुहोस्