Logo

महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा खानेपानी मन्त्री भारत प्रस्थान



Spread the love

असोज १२ काठमाडौँ – महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन खानेपानीमन्त्री बिना मगर आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । सम्मेलनमा नेपालका तर्फबाट सरसफाइका क्षेत्रमा भइरहेको प्रगतिका बारेमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । सम्मेलन शनिबारदेखि शुरु हुँदैछ । सम्मेलनमा खानेपानीमन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दास सहभागी हुने खानेपानी मन्त्रालयले जनाएको छ । उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाइमन्त्री सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्