Logo

भारतीय पेट्रोलियम मन्त्री पाइपलाइन र ग्यास बारे छलफल गर्न नेपालमा



Spread the love

असोज १२ काठमाडौँ – भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानसहितको टोली पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न शुक्रबार नेपाल आएका छन् । आयल निगमका प्रवत्ता वीरेन्द गोइतका अनुसार मन्त्री प्रधानसहितको टोली शुक्रबार साढे ९ बजे नेपाल आइपुगेको हो । अमलेखगन्ज देखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे र पेट्रोल तथा ग्यास आपूर्तिसँग सम्बन्धित एजेन्डा लगायतका बिषयमा शुक्रबार ग्यास, पेट्रोलियम सम्बन्धी विभिन्न निकायसँग छलफल हुनेछ । शुक्रबार निमार्णधीन रक्सौल–अमलेखगञ्ज र मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजना अवलोकन र समीक्षा गरिने छ । यसअघि बुधबार हुने भनिएको नेपाल र भारतका उच्च अधिकृतबीचको बैठक अन्तिम क्षणमा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्