असोज १२ वासिङ्टन, अमेरिका – अमेरिकी तथा ब्राजियाली अधिकारीले पेट्रोबाजलाई ब्राजिलियाली नेता तथा राजनितिक दललाई घुस दिएको
र ब्राजिलको विशाल तेल कम्पनी पेट्रोबाजलाई आर्थिक अनियमितता गरेको अभियोगमा ८५ करोड अमेरिकी डलर बराबरको जरिवाना गरेको अमेरिकी न्यायिक विभागले बिहीबार जनाएको छ । पेट्रोब्राज भ्रष्टाचारकाण्ड छानबिन गर्न गठित एक आयोगले ठूलो सङ्ख्यामा राजनीतिज्ञहरु, पेट्रोब्राजकै उच्चपदाधिकारीहरु तथा पेट्रोब्राजसम्बन्धित निर्माण कम्पनीका पदाधिकारीहरुलाई सरकारी स्वामित्वको संस्थालाई प्रभावमा पारी अनुचित ठेक्कापट्टा सम्झौता गरे गराएको भन्ने आरोप लगाएको र करोडौँ अमेरिकी डलर आर्थिक अनियमितता गरी अनुचित ठेक्का सम्झौता गरेको ठहर भएको छ । जरिवानामध्येको ८० प्रतिशत रकम ब्राजिलियाली अधिकारीले तिर्नुपर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्