असाेज १० – नायिका प्रियंका कार्की र नायक सुशिल श्रेष्ठ र आमिर गौतमलाई फिचरिङ गरिएको लोक शैली गीतको छायांकन गर्दै चलचित्र ‘बादशाह जुट’को इन्डक्ल्याप गरिएको छ ।
ललितपुरको श्रीकाली चौरमा यो गीतको छायांकन गरिएको र चलचित्रको छायांकन सकिएसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । जोनी सिंह राणाको निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन वैशाख १० गतेबाट सुरु भएको थियो । चलचित्रलाई पौषको १३ गतेबाट रिलिज गर्ने यसको निर्माणपक्षले जनाएको छ । चलचित्रका निर्माता भोजराज श्रेष्ठले दुई राजाको कथामा निर्माण भएको चलचित्रको छायांकनमा कुनै पनि कमी हुन नदिएको जानकारी दिए ।
चलचित्रमा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतको मुख्य भूमिका रहेकोछ भने नायिका प्रियंका कार्कीले एउटा गीतमा नृत्य गरेकी छिन् । एच एन्ड बी फिल्मस् प्रालि र गोल्डेन ग्रेप्स फिल्मस्को ब्यानका निर्माण भएको यो चलचित्रमा राजकुमार उप्रेतीको एक्सन, कृष्ण भारद्धाज र विक्रम स्वारको कोरियोग्राफी, दिर्घ खड्काको सम्पादन छ ।
प्रतिक्रिया दिनुहोस्