असोज १० – बलिउड अभिनेत्री रम्भाले ४० वर्षको उमेरमा टोरन्टोको माउन्ट सिनाई अस्पतालमा उनले तेस्रो सन्तानको रुपमा छोरो जन्माएकी हुन् । रम्भाको यसअघि दुई छोरी छन् । छोराको आशामा उनले तेस्रो पटक गर्भधारण गरेकी थिइन र उनको इच्छा पुरा भएको छ ।
सलमान खानसँग ‘जुडवा’ मा काम गरेपछि चर्चित बनेकी रम्भाले त्यसपछि केही हिट फिल्महरु गरेपनी तर, उनको फिल्मी करिअर लामो हुन सकेन । उनले २०१० मा दक्षिण भारतीय व्यापारीसँग बिहे गरेपछि फिल्मबाट सन्न्यास लिइन् । उनलाई दाइजोको निहुँमा श्रीमानका परिवारले निकै दुख दिएका कारण रम्भाको वैवाहिक जीवन पहिले सुखद थिएन ।। साथै लगातार दुई छोरी जन्माएपछि उनले थप टर्चर झेल्नुपरेकोले उनी आफू घरेलु हिंसामा परेको भनेर प्रहरी गुहार्न पनि पुगेकी थिइन् । बुहारीले छोरा पाएपछि सासु-ससुरा खुशी भएका छन् भने अहिले भने श्रीमान-श्रीमतीबीच राम्रै समझदारी छ ।
फिल्म नखेले पनि रम्भा सामाजिक सञ्जालमा खुबै सक्रिय छिन् । उनले केही दिनअघि आफ्नो ‘बेबी सोअर’ का तस्वीर र भिडियोहरु हालेकी थिइन् । उक्त अवसरमा उनी खुलेर नाचेकी पनि थिइन् ।