९ असोज, काठमाडौँ- सरकार र यातायात व्यावसायीले बढाएको १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध अनेरास्ववियूले पनि यातायातमा तत्काल फिर्ता लिन सरकारलाई दवाव दिन लागेको छ।
काठमाडौंको चाबहिलस्थित मंगलबार पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन गर्दै यातायातमा १० प्रतिशत वृद्धि गरिएको भाडा तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो । दसैं जस्ता चाडपर्वको मुखमा जनताको अपेक्षा विपरित सरकारले जनघात हुनेगरी यातायातमा भाडा बढाउने निर्णय गरेपछि त्यसलाई तत्काल फिर्ता गराउन दवाव आन्दोलन सुरु गर्नु परेको अनेरास्ववियूका सचिव सुदेश पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्