९ असोज, काठमाडौं– दशै र तिहारमा उपत्यकाबाट घर जाने यात्राुहरुका लागि आजदेखी अग्रिम टिकट विक्री खुल्ने भएको छ । सरकारको निर्णय अटेर गरी अग्रिम टिकट विक्री खुल्ला नगरेका यातायात व्यवसायीले सरकारसङको वार्ता गरी भाडा समायोजन गरेर टिकट खोल्न लागेका हुन ।
यसअघि इन्धनको मूल्यमा वृद्धि भएसँगै यातायात व्यवसायीले मूल्य नघटेसम्म अग्रिम टिकट विक्री नगर्ने अडान लिएका थिए । त्यसलगत्तै शनिबार साँझ सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको थियो । महासंघको निर्णयअनुसार आज (असोज ९ ) देखी टिकट खोलिने भएको छ ।
।
प्रतिक्रिया दिनुहोस्