सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘टाइगर जिन्दा हे’ को ‘स्वाग से करेंगे सबका स्वागत’बोलको गीतलाई अत्याधिक दर्शकले रुचाएका छन्।फिल्म ‘टाइगर जिन्दा है’को यस गीतले बलिउडमा रेकर्ड ब्रेक गरेको छ। भारतीय मिडियाका अनुसार फिल्मको यस गीतले सर्वाधिक भ्यूज प्राप्त गरेको छ। गीतको भिडियोलाई यूट्युबमा ६० करोडले हेरेका छन्।
गीतमा विशाल धडलानी र निशा वासिनले स्वर दिएका छन्। भिडियोमा सलमान र कट्रिना कैफ फिचरिङ छन्।यस गीतलाई विशाल ददलानी र नेहा भसीनले स्वरबद्ध गरेका छन् भने विशाल र शेखरले संगीतबद्ध गरेका छन् ।ईराकमा केहि बर्ष पहिले घटेको भारतिय नर्सहरुमाथीको सत्य घटनालाई लिएर फिल्म निर्माण गरिएको थियो ।
‘यशराज फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन्। ‘एक था टाइगर’को सिक्वेलका रुपमा निर्माण भएको फिल्म ‘टाइगर जिन्दा हे’ डिसेम्बर २२ बाट प्रदर्शनमा आएको थियो।
A complete record-breaker. 🙌 #SwagSeSwagat becomes the 1st Indian Song to Hit 600 MILLION+ VIEWS on @YouTube – https://t.co/sJ7E4mTa1d @BeingSalmanKhan #KatrinaKaif @aliabbaszafar @VishalDadlani @ShekharRavjiani @nehabhasin4u @Irshad_Kamil @VMVMVMVMVM @TigerZindaHai pic.twitter.com/QzepfcfYVI
— Yash Raj Films (@yrf) September 22, 2018
फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।यसअघि स्पेनी भाषाको ‘डेस्पासितो’ बोलको गीतलाई यूट्युब इतिहासमै सबैभन्दा छिटो हेरिएको थियो। गीतलाई ३ अर्बभन्दा बढीले हेरेपछि गीतको विश्वमा चर्चा भएको थियो।
हेर्नुहोस् भिडियो:
https://youtu.be/xmU0s2QtaEY