Logo

अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यवसायीको निर्णय, यात्रु अन्यौलमा



Spread the love

५ असोज, काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको छ । हिजो बिहीवार बसेको महासंघको बैठकले यस्त निर्णय गरेको हो । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघले टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ ।

यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो । आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेरआजदेखी गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको सिटौलाले बताए । जसले गर्दा यात्रु अन्यौलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्