दुर्गा खड्का – सल्लेरी खबर ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुले स्वदेश फर्कनी क्रममा केहि सुन बढी लिएको भन्दै प्रहरीले उनिहरुलई पक्राउ गरेको छ ।
कानुनमा विदेशबाट आउँदा ५० ग्राम सम्मको सुनका तयारी गहना ल्याउन पाउने ब्यबस्था छ ।
तर उनीहरुले प्रतिव्यक्ति ९९ देखी १०१ ग्रामसम्म तयारी सुनका गहना ल्याएको त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रमुख (डिआईजी) कमल जिसीले जानकारी दिए ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–५ स्थायी घर भएका २९ वर्षीय मनोजकुमार तामाङसहित सातजना रहेका छन् । उनीहरुलाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
त्रिभुवन विमानस्थल बाटै सुन घटनाका काण्ड पटक पटक सुनिदै आईएको छ केहि समय अघि सडक देखि सदन समेत तताएको ३३ के जी सुनकाण्डको अझै छिनो फानो हुन् सकेको छैन ।
यसरि ठुला घटना पन्छाउने र साना घटना मात्र बाहिर आउँदा यसले मुलुकको सुशानामा कत्तिको असर पार्छ ?
मजदुरले केहि बढि सुन लिउदैमा प्रहरीले छाती फुलाएर जानकारी गराउन सक्छ भने ३३ केजी सम्म अबैध सुन ल्याउनेलाई कारबाहीको दायरामा किन ल्याउन सक्दैन ?
३३ केजी सुन त् केवल एउटा उदाहरण मात्र हो यस्ता घटनाको सत्यतत्थ जानकारी बाहिर आउन आबस्यक छ ।