काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया निर्मलाको पन्तको हत्या र नेपाल प्रहरीको त्रुटिपुर्ण अनुसन्धान पछि नेपाल प्रहरीमाथि पुर्ण रुपमा विश्वास गर्न नसकिने बताए । जिल्लाबाट न्याय नपाएपछि काठमाडौँ आएका निर्मलाका आमाबाबुसँग कुरा गरेपछि प्रधानमन्त्री ओलीले प्रहरीमाथि पुर्ण विश्वास राख्न नहुने स्पष्ट पारेका थिए । ‘हामीले प्रहरीलाई पुर्ण रुपमा विश्वास गर्यौ, तर अनुसन्धानमा त्रुटि भएको रहेछ’,उनले भने ‘अनुसन्धान टोली बनेको त्यसले सच्याउनेछ ।’
त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादल पनि प्रहरीको कार्यशैलीप्रती असन्तुष्ट रहेका छन । निर्मला हत्याका अभियुक्त समेत पत्ता लागीसकेको भन्दै सांसदमा जानकारी दिएका बादलले वास्तविक दोषी फरक रहेको पाएपछि प्रहरी प्रशासनमाथि असन्तोस पोखेका थिए । प्रमाणविना नै प्रहरी र सिआईबीको टोलीले नक्कली अभियुक्त खडा गरेर आफुलाई गलत सुचना दिएको भन्दै प्रहरी नेतृत्वमाथि गृहमन्त्री असन्तुष्ट छन ।
यता आईजिपी सर्वेन्द्र खनालले भने प्रहरी संगठनबाट भएको गल्ति सुधार्दै अघि बढ्ने बताएका छन । निर्मला प्रकरणमा विभिन्न त्रुटिहरु भएतापनी नेपाल प्रहरीमाथिको विश्वास अहिले गुमाउनुपर्ने अवस्था नरहेको बताए । ठुलाठुला घटनाका अपराधीलाई पनि नेपाल प्रहरीले पक्राउ गरेको स्मरण गराउँदै आईजिपी खनालले निर्मलाको दोषी पनि चाँडै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले नै प्रमाण नष्ट गर्दै नक्कली अभियुक्त खडा गरेका थिए । घटना भएको २ महिना बितिसक्दा सम्म प्रहरीले अभियुक्तको सुँईको सम्म पाउन नसक्नु प्रहरी संगठनभित्रको कमजोर कार्यशैलीको पराकाष्ठा हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।