Logo

खै कहाँ गयो त ३३ किलो सुन ?



Spread the love

काठमाडौं- गत माघ पहिलो साता यूएईबाट आएको साढे ३३ किलो सुन गायब र त्यससँगै जोडिएर भएको सनम शाक्य हत्या प्रकरणको अनुसन्धान अझै सकिएको छैन । अहिलेसम्म न हराएको सुन भेटिएको छ न त सुनका मुख्य लगानीकर्ता नै भेटिएका छन् ।

३३ किलो सुन गायब भएपछि सुन लुकाएको आशंकामा चूडामणि उप्रेती ‘गोरे’को समूहले गत फागुन १८ मा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि सुन तस्करी काण्ड चर्चामा आएको थियो । अनुसन्धानका लागि गृह मन्त्रालयका सह-सचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन भएको थियो । टोलीले सुन तस्करीमा गोरे समूहको मुख्य संलग्नता रहेको र त्यसमा तत्कालीन अपराध महाशाखा, विमानस्थलका कर्मचारी, भन्सार कर्मचारी, विमानस्थल प्रहरीका अधिकारीको संलग्नता आैंल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्