Logo

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण अवरुद्ध



Spread the love

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ । धावनमार्ग ‘रनवे’मा सामान्य धाँजा परेर रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान १० मिनेटदेखि आकाशमै‘‘होल्ड’ भएका छन् ।

रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नुपरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । अबको केही समयपछि नै उडान अवतरण सामान्य हुने उनले गरे ।

प्रतिक्रिया दिनुहोस्