Logo

गुल्मीमा प्राविधिक शिक्षा सञ्चालनको लागी धार्मिक महोत्वसव आयोजना



Spread the love

दुर्गा खड्का-सल्लेरी खबर ।

सुविधा सम्पन्न प्राविधिक शिक्षा सञ्चालन गर्नको लागि गुल्मी जिल्ला रेसुंगा नगरपालिका स्थित उपल्लो तम्घास माध्यमिक विद्यालयले धार्मिक महोत्वसवको आयोजना गरेको छ ।

महोत्सवमा शिक्षाप्रेमीहरूले बिधालयलाई आर्थिक सहयोग गरिरहेको तम्घास विद्यालयले जनाएको छ ।

महोत्वसवमा गुल्मी जिल्लाका राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, अभिभावकहरूको उपस्थिति रहेको सञ्चारकर्मी रुमा पौडेलले सल्लेरी खबरलाई जानकारी दिएकी छिन् ।

भाद्र ३० गते कलश यात्रा सँगै बजार परिक्रमा गरी सुरु गरिएको महोत्वसव असोज ६ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्