एजेन्सी । पछिल्ला वर्षहरुमा च्याम्पियन्स लिगमा मड्रिड शहरको क्लब रियल मड्रिडको वर्चश्व रहेको छ । यतिबेला एक प्रश्नले विश्व फुटबलका प्रशंसकलाई घोचिरहेको छ । जो निकै कैतुहलपूर्ण पनि हो ।
मड्रिडका स्टारले यो सिजनको च्याम्पियनका रुपमा आफुलाई उभ्याउन सक्लान ? वा टाढिएको रोनाल्डोसँगै उपाधि पनि टाढिएला ? र के लियोेनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडको निरन्तरको विजयी यात्रामा बिराम लगाउन सक्लान् ? यी प्रश्नले हरेकको मनमा उत्साह जागेको छ । योसँगै गएको सिजनमा क्वाटरफाइनलबाट बाहिरिएको बार्सिलोनाले आफुलाई अब्बल रुपमा उभ्याउला ?
विगत हेर्दा पछिल्लो ५ सिजनमा रियल मड्रिडको वर्चश्व रहेको छ । सन् २०१३—०१४ को ट्रफी रियलले उचाले पनि सन् २०१४—१५ मा बार्सिलोनाले ट्रफी खोसेको थियो । तर, त्यस यताका प्रतिष्पर्धामा रियलले कब्जा गर्दै आएको छ ।
तर, यतिबेला रियलको हकमा भने यसअघिका प्रतिष्पर्धा जस्तो उपाधि उचाल्न सहज पक्कै छैन । यसअघिका ४ खेलमा रियलका लागि नायक बनेका थिए पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो ।
पाँच बेलोन डिओर विजेता रोनाल्डो यो सिजनमा इटालिएन क्लब युभेन्टसबाट खेल्नेछन् । गएको जुलाईमा रोनाल्डो ११२ मिलियन युरोमा युभेन्ट्समा आवद्ध भएसँगै अबको रियलको भविष्यबारे चर्चा हुन लागेको हो । रोनाल्डोले रियलमा बस्दा उत्कृष्ट गोल गर्दै टिमलाई जित दिलाउन महत्पूर्ण भूमिकामा खेलेका थिए ।
तर, रोनाल्डोले छाडेपछि रियलमा उनको स्थान कसले लिने भन्नेमा बसह भएपनि अहिलसम्म कसैले आफुलाई प्रमाणित भने गरिसकेको छैन । यद्यपी ग्यारेथ बेललाई रोनाल्डोको उत्तराधिकारीका रुपमा हेरिएको छ ।
रियलको पछिल्लो सफलतामा पूर्वप्रशिक्षक जिनेदिन जिदानको उत्कृष्ट व्यवस्थापनले काम गरेको थियो भने खेलको फिनिसिङमा फरवार्ड रोनाल्डोको उत्कृष्ट प्रदर्शन मुख्य देखिएको थियो ।
यो सिजनमा रियलका लागि दुवै जनाको अभाव रहने छ र त्यसले ह्याट्रिक ट्रफी विजेता रियलको खेलमा ठूलो परिवर्तन देखाउने छ ।
एक स्पेनिस फुटबल विश्लेषक ग्रासनोट पछिल्ला वर्षमा स्पेनिश स्टारले जित्ने सम्भावना घट्दैगएको बताउँछन् । तर, उनले अब कसले जित्न सक्छ भन्नेबारेमा भने भन्न सकेका छैनन् ।
के रोनाल्डोबिना रियल साच्चिकै कमजोर भएकै हो त ?
स्पेनिश फुटबल विश्लेषक ग्युलेम बालागुईले रोनाल्डो रियलबाट बाहिरिएपछि उनले जेलमुक्त भएको अनुभुति गरेको बताउँछन् । त्यस्तै रियलका प्रशिक्षक जुलेन लुतेपेगुईले आफ्नो नियन्त्रणमा राख्दै टिमलाई अझै काउन्टर अट्याकमा खेलाउन सक्ने उनको अनुमान रहेको छ ।
उनले भनेका छन्–रियलका फरवार्ड करिम बेञ्जेमालाई रोनाल्डोको स्थानमा राख्नेछन्, र उनले पूर्ण उत्तरदायित्वका साथ बल खुट्टामा लिदै गोल प्रहार गर्न सक्नेछन् ।
विश्लेषकले अगाडि भने रियलका लागि रोनाल्डोले पनि यसअघिका खेलमा मुख्य भूमिकामा खेलाएका ग्यारेथ बेल पनि टिममा छन् । बेलले पनि रियलमा रोनाल्डोको स्थान ओगट्न सक्ने बालागुईको भनाइ छ । ग्युलेम बालागुईल अन्त्यमा भनेका छन् सन् २००९—१० देखि २०१७—१८ सम्म च्याम्पियन्स लिगमा रियलले गरेका गोलमा रोनाल्डो ५० प्रतिशत हिस्सा भएको स्वीकार गरेका छन् ।
जुलाईमा रियलबाट इटालियन क्लब युभेन्ट्ससँग आवद्ध भएका रोनाल्डोले युभेन्ट्समा उत्कृष्ट प्रदर्शन गर्न सक्लान ? भन्ने जवाफमा इटालिएन फुटबल विश्लेषक मिना रोज्ओकीले शनिबारका दुई गोलका आधार मानेर अबका दिनमा उनले राम्रो गर्न सक्ने बताएकी छन् । त्यस्तै, उनले युभेन्ट््सको समस्याका रुपमा प्रशिक्षक मासिमिलियानो अलेग्रीलाई देखाएकी छन् ।
मेस्सीको यो सिजन कस्तो रहला ?
गएको सिजनमा बार्सिलोना च्याम्पियन्स लिगमा क्वाटरफाइनलमा रोमासँग पराजित भएपछि खेलबाट बाहिरिएको थियो । स्पेनिश फुटबल विश्लेषक ग्युलेम बालागुईले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले यो सिजनमा राम्रो गर्ने बताएका छन् । मेस्सीले केही समय अगाडि एक अन्तर्वार्तामा रोमासँग पराजित भएर बाहिएपछि निकै धेरै पिडा महसुस भएको बताएका थिए । उनले यसलाई आधार मान्दै यो सिजनमा बार्सिलोनाले राम्रो गर्ने अनुमान गरेका हुन् । बालागुईले यो सिजनमा बार्सिलोना सशक्त रुपमा खेल्ने योजनामा रहेको बताएका छन् ।
मेस्सी र उनका प्रशिक्षक अर्नेष्टो भालभेर्दे आफ्नो टिमले जस्तोसुकै बलियो टिमसँग पनि लड्न सक्ने क्षमता राख्ने बताउँदै आएको उनले उल्लेख गरे ।