टर्कीको दक्षिण पश्चिम तटीय इलाकामा इराकी आप्रवासी चढेको डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार डुङ्गामा सवार आठ जना बालबालिका सहित अन्य १६ जनाको सकुसल उद्धार गरिएको छ ।
उद्धारकर्मीले १५ जना इराकी र एकजना सिरियाली नागरिकलाई उद्धार गरेको तटीय सुरक्षागार्डले जनाएका छन् । मृत्यु हुनेमा दुवैजना महिला रहेका छन् ।
आप्रवासीहरुले डुङ्गामा १९ जना सवार रहेको बताएका छन् । उक्त डुङ्गा ग्रीसतर्फ गइरहेको थियो ।
टर्की हाल विश्वमै सबैभन्दा बढी शरणार्थीलाई आश्रय दिने मुलुक हो । सिरियामा हाल ३० लाख सिरियाली र तीन लाख इराकी शरणार्थी छन् । इराक, सिरियाजस्ता मुलुकमा जारी युद्धबाट पलायन हुने ठूलो समूह टर्कीको बाटो हुँदै युरोप जाने गर्दछ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्