Logo

बाटो क्रस गर्दा पहिरोमा परी बाग्लुङ्गमा एकजनाको मृत्यु



Spread the love

दुर्गा खड्का -सल्लेरी खबर   ।

गत शुक्रबार देखि निरन्तर पहिरो झरिरहेको बाग्लुङ्गको भिमगीठे बुर्तिबाङ्ग सडक खण्ड अन्तर्गत तुरतुरे भन्ने स्थानमा आज बाटो क्रस गर्दै गर्दा माथि बाट झरेको पहिरोमा परि एक जनाको मृत्यु भएको छ  ।

मृत्य हुनेमा अर्घाखाची घर भई बाग्लुङ्गमा ब्यापार ब्यबसाय गर्दै आएकि ४० बर्षीय बिबरण खातुनको  रहेको समाचार प्रात्त भएको छ  ।
साथै उनि संगै बाटो क्रस गरेका उनका पति र साथीहरु भने बाच्न सफल रहेको संचारकर्मी रुमा पौडेलले सल्लेरी खबरलाई जानकारी दिनु भयो  ।

घटना सम्बन्धि थप बिबरण आउन बाकि रहेको बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्