Logo

केसी र गुरुङले गरे अन्तर्राष्ट्रिय रेफ्री परीक्षा उत्तीर्ण



Spread the love

भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् ।

एशियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले एशियाली महादेशमा हुने अन्तर्राट्रिय भलिबल प्रतियोगिता खेलाउन पाउने नेपाल भलिबल सङ्घले जनाएको छ ।

एशियन भलिबल महासङ्घको आयोजनामा भदौ २० देखि ३१ गतेसम्म थाइल्याण्डमा सञ्चालन भएको एशियालीस्तरको रेफ्री कोर्ष पूरा गरेपछि केसी र गुरुङले अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्