दुर्गा खड्का – सल्लेरी खबर ।
भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन जोड्न सफल भयो । नेपालका लागि पवन सर्राफले सार्बधिक ७८ रन जोडे । ९६ बल खेलेका उनले एक छक्का र १० चौकाको मद्दतमा ७८ रन बनाएका हुन । त्यसैगरी सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बामले १६ तथा भीम सार्कीले १३ रनको योगदान दिए ।
बलिङतर्फ अफगानिस्तानका मोहम्मद कविरले ३ विकेट लिए भने अबिद मोहमदी र अरिफ खान दवलतजाईले समान २/२ विकेट लिए ।
१९० रनको विजय लक्ष्य पाछाएको अफगानिस्तान ४७.४ ओभर मा आफ्ना सबै विकेट गुमाई मात्र १६४ रन बानाउन सफल रहर्यो ।
नेपालका लागि बलिङ्ग तर्फ सागर ढकालले ४ , कमल एरि र रसिद खानले समान २/२ विकेट लिए भने पवन सर्राफले १ विकेट लिए।