दुर्गा खड्का -सल्लेरी खबर
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राजधानी काठमाडौँबाट हिजो उदयपुर पुर्याईएको छ ।
उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार प्रकाण्डलाई काठमाडौँ प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको बताए ।
प्रकाण्डले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राई जानकारी दिए ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका आधा दर्जन नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्