शनिबारबाट यूएईमा शुरु भएको एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकामाथि शानदार जित हात पारेको छ । दुवईको सारजाँह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६१ रन बनाएको थियो । बंगलादेशका लागि पूर्व कप्तान मुशफिकर रहीमले १४४ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।
उनले १५० बलमा ११ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै मोहम्मद मिथुनले पनि ६३ रनको शानदार अर्धशतकीय इनिङ खेले ।बलिङतर्फ भेट्रान श्रीलंकाली बलर लसिथ मालिंगाले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै मात्र २२ रन खर्चिए ।
२६१ रनको लक्ष्य पछ्याएको श्रीलंकाका ब्याट्सम्यानहरुले कमजोर प्रदर्शन गरे । श्रीलंका ३५.२ ओभरमा १२४ रनमै समेटिएपछि बंगलादेशको १३७ रनको जित सम्भव भएको हो । मुशफिकर रहिम खेलको म्यान अफ द म्याच चुनिए ।
श्रलिंकालाई पाखा लगाउने क्रममा बंगलादेशका बलरहरुले निकै आक्रमक बलिंग गरे ।मस्तिाफिुजर रहमान, कप्तान मर्शफे मोर्ताजा र मेहन्दी हसनले समान २-२ विकेट लिए भने सकिब अल हसन, रुबेल हसन र मोस्दाक हसनले समान १-१ विकेट लिए ।