Logo

ला लिगा:रियल म्याड्रिड एथ्लेटिक विल्बाओसँग बराबरीमा रोकियो



Spread the love

लालिगामा शनिबार राति भएको खेलमा रियल म्याड्रिड एक अंक जोगाउन सफल भएको छ।पहिलो हाफमा बिल्बाओले १–० ले अग्रता लिएपनि दोस्रो हाफमा इस्कोको गोलसँगै रियलले खेलमा १–१ को बराबरी गरेको थियो।रियल मड्रिडले एथ्लेटिक विल्बाओको घरेलु मैदानमा खेल बराबरी गर्नका लागि पनि निकै संघर्ष गर्नु प¥यो । ३२ औं मिनेटमा इकर मुनियनको गोलबाट अग्रता बनाएको एथ्लेटिक विल्काओले पहिलो हाफमा १–० को अग्रता कायम राख्यो ।रियल मड्रिडका लागि इस्कोले ६३ औं मिनेटमा गरेको गोल नै रियल मड्रिडको हार रोक्ने गोल बन्न पुग्यो । अघिल्ला ३ खेलमा जित र एक बराबरी खेलेको रियल मड्रिड १० अंकका साथ दोस्रो स्थानमा छ ।शीर्षमा रहेको बार्सिलोनाको १२ अंक छ।

प्रतिक्रिया दिनुहोस्