Logo

ला लिगा :रियल सोसिडाड माथी बार्सिलोनाको शानदार जित



Spread the love

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ । शनिवार भएको खेलमा बार्सिलोनाले रियल सोसिडाड विरुद्ध २-१ गोलको पुनरागमन जित निकालेको हो।बार्सिलोनाले ला लिगामा लगातार चौथो जित हात पारेको छ।बार्साले रियल सोसिडाडलाई पराजित गर्दै तालिकामा १२ अंक पुर्याएको छ । रियल सोसिडाडका लागि १२ औं मिनेटमा अट्रिज इल्यूसोन्डोले गोल गर्दै अग्रता दिलाएका थिए ।Image result for लुइस सुआरेजपहिलो हाफमा १ गोलको अग्रता लिएको सोसिडाडले दोस्रो हाफमा भने अग्रता जोगाउन सकेन । बार्साका लागि लुईस स्वारेजले ६३ औं मिनेटमा गोल गर्दै बार्सालाई १–१ का अवस्थामा ल्याएका थिए ।Image result for डेम्बेलेबराबरी गरेको ३ मिनेटमा बार्साले अर्को गोल थप्दै जित तर्फ अग्रसर भएको थियो । बार्साका लागि उसमान डेम्बेलेले गोल गर्दै २–१ को अवस्थामा लगेका थिए । त्यसपछि थप गोल नभएपछि बार्सा स्पष्ट जित निकाल्न सफल भयो ।

 

प्रतिक्रिया दिनुहोस्