Logo

भारतलाई २-१ ले पछार्दै माल्दिभ्स बन्यो साफ च्याम्पियन



Spread the love

दुर्गा खड्का -सल्लेरी खबर

भारतलाई २–१ गोलले पछार्दै माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि उचालेको छ ।

१२औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जिते संगै माल्दिभ्सले दुई पटक उपाधि  जित्ने राष्टमा आफ्नो नाम दर्ता गराएको छ । यसअघि माल्दिभ्सले सन् २००८ मा उपाधि जितेको थियो ।

माल्दिभ्सको जितमा इब्राहिम मधुधीले १९औं र अली फसिरले ६६औं मिनेटमा गोल गरे । भारतले इन्जुरी समयमा एक गोल फर्कायो । इन्जुरी समयको ९२औं मिनेटमा सुमित पासीले गोल गरेका थिए ।

सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको माल्दिभ्सले समहू चरणमा भने कुनै खेल पनि जित्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्