Logo

यि हट हीरोइनको कारणले गर्दा टाइगर श्रफ र दिशा पटानीकाे ब्रेकअप ?



Spread the love

बलिवूड अभिनेता टाइगर श्रफ र अभिनेत्री दिशा पटानी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । यी दुवैले आफूहरुबीचको सम्बन्धलाई सार्वजनिक रुपमा घोषणा नगरे पनि अधिकाँश समय एकअर्काकै साथमा बिताउँदै आइरहेका थिए ।केही दिनअघि मात्रै टाइगरले दिशासँगभन्दा पनि उनको नयाँ फिल्मकी अभिनेत्रीसँग समय बिताउन थालेपछि दिशा टाइगरसँग रिसाएको खबर सार्वजनिक भएको थियो । अहिले टाइगर र दिशाले एकअर्कासँग छुट्टिने निर्णय लिएको खबरहरु आइरहेका छन् ।भारतीय सञ्चार माध्यमकानुसार यसरी लामो समयदेखिको सम्बन्ध एकाएक टुट्नुको कारण टाइगरकी तिनै नयाँ अभिनेत्री तारा सुतारिया हुन् । टाइगरले दिशाभन्दा तारा सुतारियासँग समय बिताउन थालेका कारण दुवैको ब्रेकअप भएको हो ।दिशा पटानी र टाइगर श्राफले फिल्म ‘बागी २’ मा जोडीको रुपमा स्क्रिन सेयर गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट सावित भएको थियो । साथै ‘बागी २’ सन् २०१८ को सर्वाधिक कमाइ गर्ने फिल्म मध्यको एक बनेको छ । तर दुर्भाग्य दिशा र टाइगरको जोडी भने यसै वर्ष छुट्टिएको छ ।

प्रतिक्रिया दिनुहोस्