Logo

पानी जहाज दुर्घटना हुँदा दश जनाको मृत्यु



Spread the love

इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेका अरु १२६ जनालाई भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

‘केएम फुङका पेर्माटा’ नामक पानी जहाज दक्षिणी पूर्वीसुलवेसीको बाउबाउबाट बनगाई भन्ने ठाउँतर्फ गइरहेको बेला मध्यइन्डोनेसियाको सागुमा दुर्घटना भएको हो ।

यातायात मन्त्रालयका प्रवक्ता बामबाङ इर्भानले पानी जहाजमा आगलागी भएपछि जहाज पानीमा पल्टिएको जानकारी दिए ।

उद्धारकर्ताले दुर्घटना भएको जहाजलाई शनिबार बिहान बनगाई बन्दगाहमा अवतरण गराएको पनि उनले बताए ।

इन्डोनेसियामा बेला बेलामा भइरहने यस्ता पानी जहाज दुर्घटनामा परी बर्षेनी सयौँको मृत्यु हुनेगरेको छ । स्रोत एजेन्सी 

प्रतिक्रिया दिनुहोस्