साफ महिला च्याम्पियनसीप फुटबलको पाँचौ संस्करणमा नेपाल समूह ‘ए’ मा परेको छ ।
बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन् । उक्त प्रतियोगिता आगामी पुस २ देखि ११ गतेसम्म चल्ने छ तर
प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने लाग्न सकेको छैन । भारतमा सम्पन्न पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्