दुर्गा खड्का – सल्लेरी खबर ।
माल्दिभ्ससँग सेमिफाइनमा ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिएको छ । ढाका स्थित बंगबन्धु रंगशालामा केहिबेर अघि सम्पन खेलमा नेपालले माल्दिभ्ससँग ३-० को हार व्यहोरेको हो । साथै हारसंगै नेपालको इतिहास रच्ने सपना समेत चकनाचुर भएको छ ।
नवौं मिनेटमा अक्रम अब्दुल घानीले फ्रीकिकबाट अग्रता लिएको माल्दिभ्सले खेलको ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार दुई गोल गरेपछि माल्दिभ्सले ३-० को जित निकालेको हो ।
प्रतिक्रिया दिनुहोस्