आफ्नै ४ वर्षीय छोरीको हत्या गरेको अभियोगमा प्रहरीले आज बुवा धनबहादुर ऐरीलाई पक्राउ गरेको छ ।
त्रिवेणी नगरपालिका–७ बस्ने ३६ वर्षीय धनबहादुर ऐरीले केही दिन अगाडि ४ वर्षीय छोरी रोजिनाको हत्या गरेका थिए । नाबालिका छोरीको हत्या गरेलगत्तै उनले घर नजिकैको मकै बारीमा गाडेको प्रहरीले जनाएको छ ।
स्थानीय बढिमालिका प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मंगलबार सडेको अवस्थामा बालिकाको शव फेला फेला पारेको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्