आज नुवाकोटको मेघाङ गाउँपालिकामा भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर र्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएको छ भने १ जना महिला जीवितै भेटिएकी छन् ।
नुवाकोटको मेघाङ गाउँपालिकाको मैलुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकप्टर भेटिएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा दोलखाका ३७ वर्षीय हिरा शेर्पा, रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।
गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी घाइते भएकी छिन्। उनलाई हेलिकोप्टरबाट मेडीसिटी अस्पताल ल्याइएको छ र त्यहा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्