Logo

ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजायको फैसला



Spread the love

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई जेलसजायको फैसला सुनाइएको छ ।

उनलाई १४ दिनको जेल सजाए सुनाईएको हो ।

अमेरिकाको वाशिङटन डीसीस्थित अदालतमा झूट बोलेर गल्ती गरेको बताएका ३१ वर्षीय जर्ज पापाडोपलसलाई जेल सजायको फैसला सुनाइएको हो ।

शुक्रवार सुनाइएको सजायअनुसार पापाडोपलसले २०० घण्टा समुदायमा सेवा गर्नुपर्ने र साढे नौ हजार डलर पनि तिर्नुपर्ने हुन्छ ।

शिकागोका बासिन्दा पापाडोपलसले सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियान टोलीमा स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम गर्नुभएको थियो ।

मस्कोका आरोपित मध्यस्थकर्तासँगको भेटघाटको समयबारे संघीय अनुसन्धान निकाय झूट बोलेकोमा दोषी पाइएका पापाडोपलसले गत अक्टोबरमा आफ्नो सफाइमा स्पष्टीकरण दिनुभएको थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्