दुर्गा खड्का-सल्लेरी खबर
बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज पहिलो जित दर्ता गरेको छ ।
केहि समय अघी सम्पन खेलमा नेपालले भुटान लाई ४-० को फराकिलो अन्तरले हारएको हो ।
जित सँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
खेलको २१ औं मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालले ७० औं मिनेटमा अग्रता दोब्वर बनायो नेपालका लागी सुनिल बलले दोस्रो गोल गरे । नेपालले पाएको पेनाल्टी बिमल घर्तीमगरले मिस गरेपनि फर्किएको बललाई सुनीलले गोलको दिशा दिए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३-० ले अघि पुर्याए ।
भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरे ।