Logo

बीबीसी रेडियोकी कार्यक्रम प्रस्तोता रचे ब्लेन्डको निधन



Spread the love

बीबीसी रेडियोकी कार्यक्रम प्रस्तोता रचे ब्लेन्डको बुधबार बिहान निधन भएको छ । उनी पछिल्लो दुई वर्षदेखि स्तन क्यान्सरले ग्रस्त थिइन् ।

 

रचेलका परिवारको उनको मृत्युको पुष्टि गरेको छ । ४० वर्षीया रचेल बीबीसीको रेडिया फाइभ लाइभकी चर्चित प्रस्तोता थिइन् ।

उनले क्यान्सरसँग जोडिएको एक पोडकास्ट ‘यू मी एन्ड द बिग सी’ को होस्ट पनि गरेकी थिइन् । उनको उक्त कार्यक्रमलाई धेरैले तारिफ गरेका थिए ।

यसका साथै रचेल पछिल्लो दुई वर्षदेखि आफ्नो एउटा ब्लग पनि चलाइहेकी थिइन् जसमा उनले क्यान्सरसँगको युद्धबारे लेख्ने गर्थिन् । उनको यो ब्लगले अवार्ड पनि पाइसकेको छ ।

रेचलको मृत्युको समाचार दिँदै उनका श्रीमान् स्टिवले भने, ‘उनी एक उत्कृष्ट र प्रतिभाशाली ब्रोडकास्टर थिइन् । यसका साथै उनी निकै प्रेम गर्ने छोरी, बहिनी, आन्टि, श्रीमती र फ्रेन्डी (उनका छोरा) लाई अत्यधिक माया गर्ने आमा थिइन् ।’

स्टिवले रचेललाई हरेक मामलामा उत्कृष्ट बताइन् । उनले भने, ‘म उनलाई कति मिस गर्नेछु, त्यो शब्दमा वर्णन गर्न सकिँदैन ।’

रचेलको जन्म कार्डिफमा भएको थियो । केही महिना अघि उनले आफ्ना दुई वर्षका छोरा फ्रेन्डीको यादका लागि केही चिट्ठी लेखिरहेको बताएकी थिइन् जसलाई उनले ‘लभ लेटर टु माय ब्यूटीफूल ब्वाई’ भनेका थिए ।

 

छोराको चिन्ताः

अन्तिम समयसम्म रचेललाई आफ्ना छोराको चिन्ताले सताइरहेको बताएकी थिइन् । गत महिना उनले बेलायती पत्रिका द टेलिग्राफमा एक लेख लेखेकी थिइन् ।

रेचलले आफ्नो लेखमा लेखेकी थिइन्, ‘मेरो मृत्यु भएपछि स्टिव कसरी त्यो दुःखबाट बाहिर निस्कने भन्नेबारे चर्चा गरेका छैनौं तर मेरो मृत्यु भएपछि स्टिव कसरी फ्रेन्डीको हेरबिचार गर्छन् भन्नेबारे कुरा गर्छौं ।’

उक्त लेखमा रचेलले आफ्ना पतिबारे लेखेका थिए, ‘मलाई थाहा छ कि उनी निकै भावुक व्यक्ति हुन् । मेरो मृत्यु भएपछि उनी निकै रुनेछन् । तर उनी एक शानदार पिता पनि हुन् । उनी हाम्रो छोराका लागि पुनः बलियो हुनेछन् र उनको निकै राम्रोसँग हेरबिचार गर्नेछन् ।’

रचेल आफ्ना यादलाई एउटा किताबको रुपमा हेर्न चाहन्थिन् यसका लागि उनी प्रकाशको खोजी पनि गरिरहेकी थिइन् ।

हफिंटन पोष्टमा प्रकाशित एक लेखमा उनको किताब लगभग पूरा भइसकेको बताएकी थिइन् ।

उक्त लेखमा उनले फ्रेंन्डी २१ वर्ष पूरा हुञ्जेल उनको हरेक जन्मदिनका लागि केही न केही उपहार तयार गरिरहेको उनले बताएकी छिन् ।

‘मैले लेखेका केही नोट्स, जसमार्फत उसलाई थाहा होस् कि म कस्तो लेख्थें र ती परफ्युम जुन उसैले मेरा लागि छानेका थिए । उक्त परफ्युममार्फत मेरो बास्ना कस्तो थियो भन्ने उनलाई थाहा हुने । एजेन्सी  

प्रतिक्रिया दिनुहोस्