भारतमा एक नौ वर्षिया बालिकाको सौतेनी आमाको निर्देशनमा सामुहिक बलात्कारपछि हत्या भएको खुलासा भएको छ । ]
भारत प्रशासित काश्मीरको बारामुल्ला जिल्लामा सो घटना भएको हो । हत्या भएकी ती बालिकालाई सौतनी आमाले आफ्ना १४ वर्षिय छोरा र अन्य तीन पुरुषलाई अहराएर बलात्कार गर्न लगाएको भारतीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
बालिकाको शव बारामुल्लाको एक जंगलमा भेटिएको बताइएको छ ।
भारतीय अधिकारीका अनुसार ती बालिकाको सामुहिक बलात्कारपछि बलात्कार गर्ने एक युवकले बञ्चरोले हानेर हत्या गरेको थियो । सो घटनामा संलग्न भएको आरोपमा बालिकाकी सौतनी आमासहित ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्