एशिया कप छनोट खेल अन्तरगत नेपालले आज द्रोसो जित निकालेको छ ।
नेपालले आज सिङ्गापुरलाई चार विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ्ग रोजेको सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाई मात्र १ सय १५१ रनको योगफल तयार पारेको थियो ।
नेपाली बलर सामु सिंगापुरका ब्याट्समेन चल्न सकेन कप्तान चेतन रामचन्द्र सूर्यवंशीले ६० तथा अनिश एडवार्ड पारामले ३१ रनको योगदान दिए भने अन्य ८ जना ब्याट्समेनले दोहोरो अंक जोड्न सकेनन ।
बलिङ्ग तर्फ नेपालको लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए भने सोम्पाल कामीले २ र बसन्त रेग्मीले १ विकेट लिए ।
१५२ रनको लक्ष्य पाछाएको नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
नेपालका लागि ओपनर अनिल कुमार साहले सर्वाधिक ४३ रन बनाए । यसक्रममा उनले ५ चौका र २ छक्का हिर्काए ।
दीपेन्द्र सिंह ऐरीले ३ चौका र एक छक्कासहित ३३ रन बनाए भने ज्ञानेन्द्र मल्लले २ छक्का र १ चौकासहित २९ रन बनाए ।
सागर पुन र सुवास खकुरेलले समान १४ रन बनाए ।
जित संगै नेपालको फ़ाइनल पुग्ने झिनो आशा जिबतनै रहेको छ ।