एशिया कप छनोटको आफ्नो तेर्सो खेलमा नेपालले मलेसियासामु १८९ रनको चुनौती प्रस्तुत छ ।
क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाई १८८ रन बनाउन सफल भयो ।
बर्षाका कारण ५० ओभरको खेल छोटाएर ३० ओभरमा झारिएको थियो
१३ औँ ओभरमा ६० रनको स्थितिमा ५ विकेट गुमाएर खराब स्थितिमा रहेको नेपालाई दिपेन्द्र एरि र आरिफ शेखले अर्धशतक पुरा गर्दै समानजनक योगफल तयार पारेका हुन् ।
ऐरीले ५१ बलमा ६ चौका र १ छक्काको मद्दतले ५४ रन बनाए ।
शेखले नटआउट रहँदै मात्र ४८ बलमा ६४ रन बनाए । यस क्रममा उनले २ छक्का र ५ चौका हिर्काए ।
नेपालका लागि ओपनर अनिल कुमार साहले १६, पारस खड्काले १३ तथा ज्ञानेन्द्र मल्लले ११ रन बनाए । भने अन्य बाट्समेनले दोहोरो अंक जोडन सकेन ।
प्रतिक्रिया दिनुहोस्