Logo

श्रीमतीको अमेरिका जाने रहर पुरा गर्न मन्त्रीले छोडे आफ्नो पद



Spread the love

नर्वेका यातायात मन्त्रीले आफ्नी श्रीमतीको करियरका लागि आफ्नो पद छोड्ने निर्णय गरेका छन् ।

केतिल सोलविक –ओल्सकेतिल सोल्विक– ओल्सनले एक टेलिभिजन च्यानलसँग भने, ‘मन्त्रीको रुपमा काम गर्दाको अनुभव निकै शानदार रह्यो । वास्तवमा मैले चाहेको भए जिन्दगीभर मन्त्रीको रुपमा काम गर्न सक्थें ।’

सन् २०१३ देखि मन्त्रीपदमा रहेका ओल्सनले भने, ‘तर अब म त्यो अवस्थामा छु जहाँ सपना पूरा गर्ने पालो मेरी श्रीमतीको छ । ’

उनकी श्रीमती टोन सोल्विक–ओल्सनले एक वर्षका लागि अमेरिकामा बच्चाको अस्पतालमा काम गर्न स्विकार गरेको जानकारी दिए ।

नर्वेमा सोसल मिडियामा मानिसहरुले उनको यो निर्णयलाई सकारात्मक प्रतिक्रिया दिएका छन् र यसलाई लैंगिक समानताको दिशामा एउटा ठूलो कदम भएको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्